रामेछाप, २४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाएका छन् ।

deuba-1नेपाल प्रेस यूनियन रामेछापले शनिबार रामेछापको मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमाआफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्टहरु तानाशाही भएर मुठभेड निम्ताउन खोजेको देउवाको आरोप लगाए ।

कम्युनिष्ट सरकार छिमेकी मुलुक भारत र चीनसामु लम्पसार परेको बताउँदै तत्काल चीनबाट नेपालमा रेल आउने कुनै सम्भावना नै नभएको देउवाको दावी थियो । देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर चालेको निरकुश कदम नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने ठोकुवा गरे ।