चितवन, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । अन्दाजी बिहान ५ बजेर ४० मिनेटमा तोपे खोलामा पहिरो खसेको थियो ।
पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द भएको छ । पहिरो ठूलो खसेकाले हटाउन केही समय लाग्ने बताइएको छ ।
पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएका छन् ।
पहिरो हटाउने काम भइरहेको छ । पहिरो करीव ५० मिटर लामो खसेको अनुमान गरिएको छ ।











