रुकुम, १९ असार। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रमका साथै बजेट प्रस्तुत गरेको छ ।
चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड ५ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । बजेटमा पूँजीगततर्फ ७ करोड ९७ लाख र चालूतर्फ ५ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले जमीन बाँझो राख्न नपाउने, प्रत्येक वडामा श्रम सहकारी गठन गर्ने, उत्कृष्ट करदातालाई सम्मान, एक ठाउँ एक प्रविधिलगायतका कार्यक्रम अगाडि बढाउने भएको छ ।











