दाङ, असार १७ । महिलाहरुको लागि बुटिक तालिम सकिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का महिलाहरुको लागि आयोजना गरिएको बुटिक तालिम आइतबार सकिएको हो ।
दाङ मिडिया प्रालीको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को आर्थिक सहयोगमा भएको तालिम २५ दिनसम्म चलेको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाको उपमेयर सीता सिग्देल न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर र उद्यमी बनाउने उदेश्य अनुसार काम भइरहेको बताइन् ।
महिलाहरुले सीप सिकेर आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत नै बुटिक तालिम सञ्चालन गरेको र अहिले समयमा यसको राम्रो सम्भावना समेत रहेको उनको भनाइ थियो ।
दाङ मिडिया प्रालीका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपमेयर सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगतबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सचिव नारायण प्रसाद शर्मा, प्रशिक्षक सर्मिला चौधरी, सहभागी लक्ष्मी घर्ती मगर लगायतले आफ्ना विचार राखेका थिए ।











