काठमाडौं, १८ असार । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

rainnnयस्तै दिउँसोपख सुदूरपश्चिमको केही ठाउँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए । लगातार पानी परिरहेकाले ठूला नदीसँगै स–साना खोला तथा खहरेमा बाढीको सम्भावाना छ । मनसुन देशभरी नै सक्रिय भएकोले दुई तीन दिन देशभरकै मौसम यस्तै रहने मौसमविदहरुको अनुमान छ ।