दाङ, १७ असार । असार १५ धान दिवस धुमधामसँग मनाइयो । तर पर्याप्त वर्षा नहँदा अहिलेसम्म दाङमा १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।
पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले बताए ।
धान रोपाइँमा ढिलाइ हुँदा धानको उत्पादनमा समेत कमी आउँने दिएको छ । “ब्याड राखेको २२ देखि २५ दिनभित्र धान रोप्नका लागि उपयुक्त हुन्छ, तर ब्याड राखेको महिना दिनसम्म पनि किसानले रोप्न पाएका छैनन्” उनले भने ।
जिल्लाको घोराही र तुलसीपर क्षेत्रमा धेरै खेतीयाग्य जमिन आकाशे पानीको खेती हुने गरेको छ भने देउखुरी क्षेत्रमा सिंचाइको सुविधा छ । १५ प्रतिशतमध्ये अधिकांश रोपाइ देउखुरी क्षेत्रमै भएको छ ।











