इन्द्रेणी संवाददाता 

तुलसीपुर १६ असार । खानेपानि तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले दाङलाई गौरवपूर्ण ईतीहास बोकेको जिल्लाको रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ । दाङको छुट्टै बिशेषता भएकाले पनि यस जिल्लालाई अन्य जिल्लाको भन्दा फरक ढंगले बिकास गर्नु पर्ने बताउनुभएको छ । बाईट तुलसीपुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा आज बिहीबार तुलसीपुरमा आयोजना गरिएको स्वागत कार्यक्रममा उहाले दाङको भूगोल, हावापानी,संस्कृती आदीको बिभिन्न किसीमको बिशेषता रहेको मन्त्री सिंहले बताउनुभयो ।

13578794_569160746605190_994865412_nसमाजबादी जनता पार्टीका अध्यक्ष समेत रहेका मन्त्री सिंहले दाङ जिल्लालाई खानेपानि तथा सरसफाई मन्त्रायले बिकासको प्राथमिक्तामा राखेको जानकारी दिनुभयो । आगामी बर्षको लागि मात्र १८ करोड २३ लाख ५८ हजार रुपैया बजेट बिनियोजन गरिएको बताउनुभयो । रातो किताबका ३–४ पाना यस जिल्लाका बिभिन्न खानेपानि योजनाका लागि मात्र लेखिएका छन् । उहाले जलासययुक्त खानेपानि आयोजनालाई प्राथमिकरण गर्नु पर्ने उहाले सुझाब दिनुभयो । भूमिगत र मुहानबाट मात्र पिउने पानी आपुर्ति गरेर मात्र नपुग्ने उहाले बताउनुभयो । जलासययुक्त पानिको सम्भाब्यता अध्ययनको तयारी भई रहेको उहाले बताउनुभयो । अब पानिका लागि अन्य सबै बिकल्प खोज्नु पर्छ,पानिमा रानीतिक पनि नगरौ यो सबैका लागि हो,उहाले भन्नुभयो । पानिको आयोजनाको पहिचान गर्न सके नेपाल सरकार मात्र होईन बिदेशी दातृ निकाले पनि सहयोग गर्न तयार रहेको मन्त्रि सिहको भनाई थियो ।

कार्यक्रममा खानेपानि तथा सरसफाई मन्त्रालयका सचिब संजयकुमार शर्माले बहुउदेश्य आयोजनाको बनाउनु पर्ने बताउनुभयो । त्यसका लागि मन्त्रालयले गृह कार्य गरिरहेको बताउनुभयो । बाईट बहुउदेश्य आयोजनाबाट पीउने पानि,सिंचाई,हाईड्रोपावर अर्थात बिजुली समेत उत्पादन गर्न सकिन्छ उहाले भन्नुभयो । उहाले तुलसीपुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाले गरेको कार्यको समेत प्रशंसा गर्नुभयो । त्यसैगरि महानिर्देशक रामचन्द्र देबकोटाले तुलसीपुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाले अगाडी बढाएको महत्वकाक्षी आयोजना पातुखोला हाईडयामको बृस्तीत अध्ययनका लागि जाईका जस्तको सहयोग लिईने बताउनुभयो ।

संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा आयोजीत कार्यक्रममा पुर्ब सभासद् एबम नेकपा माओबादी केन्द्रका नेता कुवेर वली,नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी लगायतले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सचिब दिपक धितालले सहजीकरण र खानेपानि डिभिजन कार्यालय दाङका प्रमुख जगनाथ पूर्बेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । पूर्ण सरसफाई जिल्ला घोषणा गर्न सल्यान जाने क्रममा मन्त्री सिंह लगायत मन्त्रालयका सचिब शर्मा,महानिर्देशक देबकोटा,उपमहानिर्देशक बिनोदकुमार अग्रवाल लगायतका उच्च अधिकारीलाई तुलसीपुरमा स्वागत गरिएको थियो ।