काठमाडौँ, १४ असार । धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

dhadingराष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको हो । यो धक्का २०७२ बैशाख १२ कै भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

केही दिन यता धादिङमा स-साना भूकम्पका धक्काहरु महसुस भइरहेको छ। मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो।