इन्द्रेणी संवाददाता
दाङ, १४ असार । दाङको भालुवाङमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ९ ठाडोखोलाकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका १ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई बुधबार उक्त सजायको फैसला गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठाका अनुसार जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश दिइएको छ । ती दुई महिलाले आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेको पुनलाई गत जेठ २५ गते भालुबाङमा कुटपिट गरेका थिए ।











