काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली बिहान चीन प्रस्थान गरेका छन् । ६ दिने चीन भ्रमणका लागि ओली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

kpविहान हिमालयन एयरलाइन्सको चार्टर विमानबाट एक सय १९ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली बेइजिङ प्रस्थान गरेका हुन् । आजै चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।