बर्दिया, ५ असार । वर्दियाको बढैयातालमा एक जना बृद्धा बाबुुले १९ वर्षिया छोरीलाई बलात्कार गरेका छन् । बढैयातालमा ६३ वर्षीय बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
माईत आएकी छोरीलाई गत वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेश सिंह महताका अनुसार श्रीमान् विदेश गएको मौका छोपी माईत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दे आएका थिए ।
थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको पनि महताले बताए । श्रीमान् विदेशबाट फर्केपछि बाबुविरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।











