काठमाडौं, ५असार । ६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।
उनको पार्थिव शरीर आज मंगलबार १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राखिने र त्यसपछि महाराजगञ्ज चावहिल गौशाला हुँदै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी छ ।











