काठमाडौं, ४ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनकी पत्नी सीताको उपचार गराउन सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।
प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले फेसबुकमा फोटो शेयर गर्दै ‘शुभयात्रा’लेखेका छन् । प्रचण्ड पत्नीसीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् ।











