तुलसीपुर, ४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३,५,६,७, ८ र ९ मा पर्ने पातुखोलाको सीमा निर्धारण गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा वसेको सम्पूर्ण वडाका नागरिक र जनप्रतिनिधिका विचमा भएको छलफलबाट यस्तो सिमांङ्कन गरिएको हो ।
साविक तुलसीपुर नगरपालिका तथा राजनीतिक दलले गरेको सिमांङ्कनलाई कायम गरि सिमा निर्धारण गर्नुका साथै वाँकी नयाँ स्थानमा पनि सिमा निर्धारण गरिने भएको हो । सिमा निर्धारणका लागि वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाहको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ ।
समितिको उपसंयोजकमा घनश्याम ढकाल र सदस्यहरुमा विरवहादुर डाँगी, वेदवहादुर केसी, भरत पुरी, अजय वुढाथोकी र सदस्य सचिवमा पवन योगी रहेका छन् । सिमा विवादका कारणले गर्दा रोकिएको तटवन्धको काम पनि वाँकी ठाउँमा तत्काल सीमा निर्धारण गरेपछि सुरु हुने भएको छ ।











