काठमाडौंँ, ४ असार । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या घटना उच्चस्तरीय छानविनको म्याद एक महिना थपिएको छ ।
गायव भएको सुन र सुनका मालिक मोहनकुमार अग्रवालको पक्राउका लागि भन्दै समितिको समयावधि थपिएको हो । गृहमन्त्रीस्तरिय निर्णयले आइतवारबाट लागु हुने गरी समितिको समयावधि एक महिनाका लागि थपिएको जनाइएको छ ।
गत वर्ष चैत १९ गते गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलेको संयोजकत्वमा गठित समितिको यसअघि पहिलो पटक २५ दिनका लागि थप गरिएको थियो ।











