बिमल गौतम
तुुलसीपुर १ असार । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन योगको बिकल्प नभएको बताएका छन् । तुलसीपुर ७ को प्रावि श्रीगैमा आजदेखि शुरु भएको साप्ताहिक प्रशिक्षण शिविरको उदघाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।
पछिल्लो समयमा योग प्रति मानिसहरुको आकर्षण वढेका्े प्रति खुसी ब्यक्त गर्दै उनले यसलाई नियमित गर्न समेत आग्रह गरे । योगले स्वस्थ्य मात्र नभई मानसिक रुपमा समेत मानिसमा सकारात्मक सोचको विकास गराउने सहयोग पुग्ने उनको भनाइ थियो ।











