बुटवल, २ असार । प्रदेश नम्बर पाँचमा सरकारले आगामी आर्थिक वर्ष २०७५/ ७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ १६ अर्ब ६२ करोड ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

pardews 5शुक्रबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरेका थिए । बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख, राजस्व बाँडफाँड ८ अर्ब ५५ करोड ३ लाख, ससर्त अनुदान ९ अर्ब ६७ करोड ३ लाख, प्रदेशको आन्तरिक राजस्व २ अर्ब ४० करोड रहेको छ । त्यस्तै आव ०७४/७५ को बचत हुने अनुमानित रकम ६० करोड रहेको छ ।

बजेटमा हुम्ला र डोल्पालाई प्रदेश र राष्ट्रिय सडक सञ्जालमा जोड्ने, प्रदेश राजधानीबाट अन्य जिल्लाहरूको जिल्ला सदरमुकामसम्म पुग्ने राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने, भेरी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाउने कार्यक्रमलाई बजेटमा महत्वका साथ समेटिएको छ ।

कर्णली करिडोर जमुनाहा–सुर्खेत–हिल्सा० प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्गको विस्तृत अध्ययन गरी संघीय सरकारको सहयोगमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने बजेटमा उल्लेख छ । त्यस्तै संघीय सरकारको सहयोगमा कर्णाली करिडोर र भेरी करिडोरमा विद्युत् प्रसारणलाइन विस्तार गर्ने, भेरी बबई डाइभर्सन जलविद्युत् आयोजना संघीय सरकारसँगको समन्वय र साझेदारीमा कर्णाली प्रदेश सरकारको स्वामित्वमा यथाशीघ्र निर्माण कार्य अघि बढाइने पनि बजेटमा उल्लेख छ ।

प्रदेशका सबै जिल्लामा विद्युत् वितरण लाइन विस्तार गरिने, स्वच्छ विद्युत् सेवा सहज रूपमा उपलब्ध गराउन सौर्य ऊर्जा, वायु ऊर्जा, बायो ग्यास ऊर्जा एवं अन्य नवीकरणीय वैकल्पिक ऊर्जा प्रविधिलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिएको छ ।