काठमाडौ, १ असार । सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७५ /७६ को बजेट आज सार्वजनिक गर्दैछन्। सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ। संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले एकै दिन बजेट ल्याउन लागेका हुन्।
प्रदेश १ – प्रदेश १ सरकारले करिब ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। पेदेश १ सरकारले ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा तय गरेको छ। उक्त नाराको मार्गचित्रसहित प्रदेश २ सरकारले बजेट ल्याउन लागेको हो।
प्रदेश २- प्रदेश २ सरकारले करिब ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। केन्द्र सरकारबाट पाउने अनुदान तथा राजस्व बाँडफाँडसहित प्रदेशको आन्तरिक स्रोतलाई समेत समेटेर प्रदेश २ सरकारले बजेट ल्याउन लागेको हो।
प्रदेश ३ – प्रदेश ३ सरकारले करिव ४० अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रदेश ४ – प्रदेश ४ सरकारले करिब २६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश ४ सरकारले पर्यटन, ऊर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको छ।
प्रदेश ५ – प्रदेश ५ सरकारले ३० अर्बको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। विद्युत्, खानेपानी, सिँचाइलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश ५ सरकारले बजेट ल्याउन लागेको हो।
प्रदेश ६ – प्रदेश ६ सरकारले झन्डै २५ अर्ब रुपैयाँकोे बजेट ल्याउँदै छ। खाद्यान्नमा आत्मनिर्भर, कृषिमा आधुनिकीकरण, पर्यटन विकास, जल, जमिन, जडीबुटी, जंगल र जनशक्तिको भरपुर उपयोग गर्ने लक्ष्यसहित कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको श्रोतले जनाएको छ।
प्रदेश ७ – प्रदेश ७ सरकारले करिब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँने तयारी गरेको छ।











