चितवन, १ असार । चितवनको इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा ठोकिदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

accdentतीनजनाको घटनास्थलमै मृत्यु भएको र थप एक जनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज बिहान ७ः२० बजे एकापसमा ठोकिएका थिए ।

उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु हुनेमा माइक्रोबस चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेको बताइएको छ भने अन्य तीन जनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेजमा, दुईजनाको चितवन पुरानो मेडिकल कलेज, भरतपुर र एकजनालाई पोखरा पठाइएको छ ।