इन्द्रेणी संवाददाता
दाङ, ३१ जेठ । नेपाल सुनचाँदी व्यवसायी दाङले तीन जना ग्राहकलाई सुनको सिक्का प्रदान गरेको छ । घोराही स्थित विभिन्न सुनचाँँदी पसलबाट सुन खरिद गरे वाफत सुनको सिक्का प्रदान गरेको हो ।

35294578_1675777912543455_1270067076907663360_n (1) (1)ग्राहक बिषेश उपहार कुपन मार्फत खोलिएको चिठ्ठाका आधारमा उपहार प्रदान गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिए । बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी चिठ्ठा खोलिएको हो । जस अन्तरगत घोराहीका भारत बनारस घर भई हाल घोराही सिमेन्टमा कार्यरत मुरली यादव, घोराही १७ कर्जाहीका निर्मला चौधरी र घोराहीकै जीतसीङ घर्तीले १ दशमलव ५ ग्राम सुन प्राप्त गरेका हुन् ।

प्रत्येक महिना वम्फर उपहार योजना मार्फत ग्राहकलाई सुनको सिक्का प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष विश्वकार्मले जानकारी दिए । उपहार लिन आउदा ग्राहले अनिवार्य रुपमा सुन खरिद गरेको बिल र अर्धकठ्ठी लाएर १५ दिन भित्र सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।