एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियालका राष्ट्रपति किम जोङबीच आज वार्ता शुरु भएको छ ।

trump-kimट्रम्प र किमबीच सिंगापुरमा नेपाली समयअनुसार पौने ७ बजे वार्ता शुरु भएको बताइएको छ । सिंगापुरको सेन्तोसा द्वीपमा रहेको क्यापेल्ला होटलमा वार्ता शुरु भएको हो ।

बार्ताबाट दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा उठाउन चाहेको दुवैजनाले पत्रकारलाई प्रतित्रिया दिएका छन्। वार्तामा भाषा अनुवादकभन्दा अरु कोही नहरने पनि बताइएको छ ।