दाङ, २६ जेठ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १९ को सहयोग तथा वडा स्तरिय बाल सञ्जालको आयोजनामा आज बालक्लवको नेतृत्व तथा क्षमता बिकास तालिम सम्पन्न भएको छ । वडालाई बालमैत्री घोषणाका लागी बाल क्लवको नेतृत्व तथा क्षमता बिकास तालिम सञ्चालन गरिएको हो ।

feature0सञ्जलाका अध्यक्ष लिलाधर नेपालीको अध्यक्षता तथा वडा सदस्य केशर पुनको प्रमुख आतिथ्यमा भएको तालिममा बालबालिकाको परिचय,बालअधिकार,बालमैत्री स्थानीय साशन,बालबिवाह न्यूनीकरण,नेतृत्व बिकासका लागी चाहिने तत्वहरु लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

६० जना बालबालिकाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ ५ नम्वर प्रदेशका पार्षद बिमल योगीले गरेका थिए । तालिम समापन कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १९ का सामाजिक परिचालक खिमा चौधरी,सहभागीहरु पम्फा घर्ती,बेदप्रसाद सुनार,आरजु नेपाली लगायतले बोलेका थिए ।