सल्यान, २४ जेठ । स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ र जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।

34789266_627177557629218_8722325721948618752_oकर्णाली प्रदेशको प्रवेशद्धार सल्यानको कपुरकोटमा विहिबार विहान स्थानीय सरकार, सुआहारा सल्यान, सरसफाइ समिति, विद्यालय तथा विभिन्न कार्यालय, संघसंस्थाको सहभागीतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेन, उपाध्यक्ष तिला बुढा लगायतका जनप्रतिनिधीहरु, गाउँपालिकाका कर्मचारीहरु, शिक्षक विद्यार्थी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार लगायतले सम्पूर्ण बजार क्षेत्रमा झाडु लगाउँदै फोहोर व्यवस्थापन गरी सरसफाइमा सहभागी भएका थिए । यस्तै अभियानकै क्रममा प्रहरीले गाँजाको बोट पनि नष्ट गरेको छ ।