तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि तुलसीपुरमा हुन लागेको मेयरकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
बिहीवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिइएको हो ।

feature0त्यसमा तुलसीपुरका १९ वटै वडाका खेलाडीको सहभागिता रहने जानकारी दिइएको छ । खेलका सयोजंक अमर नेपालीले शुक्रवार दिउसो २ बजे तुलसीपुरका मेयर घनश्याम पाण्डले खेलको उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

प्रतियोगीतामा १९ वटै वडाका १९ वटा टिम सहभागी हुने उनले बताए । प्रतियोगीतामा प्रथम हुनेलाइ नगद ५० हजार,द्धितिय हुनेलाइ नगद ३० हजार र त्तितृय हुनेलाइ नगद २० हजार र पमाण पत्र व्यवस्था गरिएको खेल सयोजंक नेपालीले बताए । प्रतियोगितामा ६ दिनसम्म चल्ने छ ।