धनुषा, २२ जेठ । धनुषामा करेन्ट लागेर एकैघरका दुई दाजुभाइको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार ज्यान गुमाउनेहरुमा जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साह रहेका छन् ।
सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।











