इन्द्रेणी संवाददाता
दाङ, २२ जेठ । दाङको घोराहीदेखि कमिरेचौर सडक बन्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ मा उक्त सडकका लागि ४ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । सभामुख कृष्णबहादुर महराको पहलमा सरकारले उक्त सडक कालोपत्रेका लागि उक्त बजेट सुनिश्चित गरेको हो ।

mahara - murkuti batoमहरा अर्थमन्त्री भएका वेला घोराही–कमिरेचौर सडकका लागि प्रारम्भिक बजेट विनियोजन गरेका थिए । अहिले उक्त सडकलाई मदन भण्डरी राजमार्गको रुपमा रहेकाले उक्त सडकको विभिन्न खण्डका लागि ४ अर्ब ५० करोड बजेट विनियोजन गरेको हो ।

महराको चुनावी क्षेत्रमा रहेको उक्त सडकका लागि उनले चुनावको समयमा होस या अन्य समयमा आफूले सो सडकको स्तरन्नोत्तीका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउदै आएका थिए । घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जोड्ने सडकको ट्रयाक यसअघि नै खुलिसकेको छ । वि.स २०१९ सालमा उक्त सडक निर्माणको काम शुरु भए पनि लामो समयसम्म पनि सडक कालोपत्रे हुन सकेको छैन ।