दाङ, २२ जेठ । जिल्ला कुषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ । सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव १०, सुखा २ र ३ उन्नत् जात रहेका छन् ।

त्यस्तै तुलसीपुर, घोराही, लमही क्षेत्र र गाउँपालिका अन्तर्गतका कार्यालयबाट पनि धानको बीउ कृषकलई वितरण गरिएकोछ । कार्यालयले आधा मूल्यमा धानको बीउ उपब्लध गराएको छ । जिल्लामा ५७ हजार हेक्टरमा धानखेती हुदै आएको छ ।
त्यस्तै कार्यालयले अन्य किसानलाई भने सूचीकृत भएका धानको बीउ मात्र प्रयोग गर्न आग्रह गरेकोछ । हाइब्रेट र उन्नत जातका धानको बीउबीजन खरिद गर्दा कृषि मन्त्रालयअन्तर्गत बीउबिजन गुणस्तर नियन्त्रण शाखाले विभिन्न धानको बीउ सूचीकृत गरेको र सोही बीउ मात्र प्रयोग गर्न आग्रह गरेको छ।











