काठमाडौं, १७ जेठ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण वर्षेनी २५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ ।
चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने गरेको र यसबाट वर्षेनी ठूलो संख्यामा मानिसहरु सिकार बन्ने गरेको तथ्यांकमा उल्लेख छ । धुमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङले कलेजोमा पनि असर पर्ने देखाएको छ ।
यसैबीच सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाइयो । धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











