काठमाडौं, १७ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् । फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेका वेला बिहीबार बिहान अदालतमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन् ।
खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताए । खत्रीकै सेटिङमा विमानस्थलमा भित्रिने तस्करीको सुन बाहिरिने गरेको बयान गोरेसहितका अभियुक्तले दिएपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए। आफ्नै गाडीमा राखेर विमानस्थलबाट बाहिर सुन निकाल्ने गरेको बयान गोरेले दिएका थिए ।











