इन्द्रेणी संवाददाता
काठमाडौं, १४ जेठ । अन्तः संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछि फोरम सरकारमा जाने भएको हो ।
सहमति पत्रमा फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुलाई देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्वोधन गरिने उल्लेख गरिएको छ।











