काठमाडौं, १४ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेतीले गोरेले सुन तस्करीकोअसली मालिक आफू नभएको बताएका छन् । उनीले वयानमा सुन तस्करीको असली मालिक दिल्लीतिरै वस्ने समेत बताएका छन् ।

goreगोरेले प्रहरी अधिकारीको पास प्रयोग गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको खुलाएका छन्। उनले भारतीय व्यापारीका लागि फ्लाई दुबई र थाई एयरवेजबाहेक ‘तेस्रो लाइन’बाट आउने सुन बाहिर ल्याउन प्रहरी पास प्रयोग हुने गरेको बयानमा उल्लेख गरेका हुन्।

बयानमा थाई र फ्लाई दुबईका विमानबाट आउने सुनका बिषयमा प्रहरीलाई जानकारी नहुने तर तेस्रो लाइनबाट आउने सुन प्रहरीमार्फत बाहिरिने उनले बताएका छन्। तेस्रो लाइन आउने एसएसपी श्याम खत्री सहयोगमा बाहिरिने गरेको उनले उल्लेख गरेका छन्।

गोरेको बयानमा भनिएको छ ‘तेस्रो लाईनको सुन समेत फ्लाई दुबईकै फ्लाईटमा आउने हो, यो लाईनमा एकपटकमा २५ देखि ३० किलोसम्म सुन आउँथ्यो, भरियामार्फत दुबईबाट झोलामा सुन आउँछ। भरियालाई प्रहरीले पास उपलब्ध गराने गरेको थियो’, उनले भनेका छन् ‘पास पाएपछि कुनै चेकजाँच हुँदैन। सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा जाने र झोला त्यहीँ छाड्ने गर्थे। पछि अनुकुल समयमा प्रहरीले नै सुन बाहिर ल्याएर दिन्थे।’

गोरे पूर्पक्षका लागि थुनामा
सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी चुडामणी उप्रेती(गोरे) लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ का आधारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनु भएको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

अदालतको आदेशमा ‘अनुसन्धान तहमा फरार प्रतिवादी पक्राउ परेपछि निजको हकमा मिशिल अध्ययन गर्दा किटानी जाहेरी अन्य प्रतिवादीको निज उपरको पोल, निजले अपराधिक संगठन स्थापना र सञ्चालन गर्दै आएको सुन तस्करी सम्बन्धी बरामदी रजिष्ट्रार, भरियाहरुलाई अपहरण र शरिर बन्धक गर्दै अमानवीय र क्रुर यातना दिदाँ एक सदस्य समेतको मृत्यु भइसकेको प्राप्त प्रमाणहरु भिडियो र श्रव्यदृश्यबाट देखिएको’ उल्लेख छ ।