घोराही, ११ जेठ । नेपाल पत्रकार महासंघ दाङले दुई जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकार महासंघको प्रतिभा छनोट समितिले पुरस्कारका लागि दुई जना पत्रकारलाई छनोट गरेको हो ।
जसमा महासंघमा रहेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट महासंघका निवर्तमान केन्द्रिय सदस्य अजयदीप शर्मा र चिन्तामणी–जमुना स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतलाई प्रदान गर्ने भएको हो ।
शर्मा र वस्नेतलाई जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति दिवसका दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिने छ । पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन संयोजक तथा उपाध्यक्ष लीला शाह र सचिव भुपेन्द्र वली सदस्य रहेको प्रतिभा छनोट समितिको शुक्रवार बसेको बैठकले शर्मा र बस्नेतलाई सम्मान गर्ने निर्णय गरेको हो ।











