शरद रेग्मी 
तुलसिपुर ८ जेठ । तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने वडा नम्बर दुई लाई नमुना वडाको रुपमा बिकास गर्न विभिन्न योजनाहरु अगाडि सारिएको छ । वडा अध्यक्ष राजु आचार्यको पहलमा अनलाइन सिस्टम लागू गरिएको छ भने बिकास लाई समेत बिस्तार गर्न लागिएको छ।मनिकापुर गाउमा कालोपत्रेको काम थालनि गरिएको छ। स्थानीय लाई सेवा प्रदान गर्न भन्दै वडा कार्यलयले तकियापुरमा नगर स्वास्थ केन्द्र समेत स्थापना गरिए छ। हामिले वडानम्बर दुईलाई बिसाक सङग जोडन चाहान्छौ आउदो आर्थिक बर्षमा स्थानीय हरुले समेत परिवर्तनको महसुस गर्नेछन अध्यक्ष राजु आचार्यले भने ।

उनका अनुसार आर्थिक स्थित कमजोर भएको समुदाय भित्रका स्कुले बालबालिकालाई निशुल्क शैक्षिक सामाग्रि र पोशाक बितरण गरिएको छ । स्थानीय माबि बालापुर,प्राबि बाल सङगिनि,पोटलि र कुईरेपानि लगायतका स्कुलहरुमा अध्ययन गर्ने ८५ जना बिधार्थिहरुलाई वडा कार्यनलयले सहयोग समेत गरेको छ ।त्यस्तै वडा कार्यालयले टोल टोलमा सरसफाइ ,वडास्तरिय खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ । त्यसै गरि वडा अध्यक्ष आचार्यको पहलमा पाचजना अपांगलाई ह्वील चेयर समेत बितरण गरेको छ ।