इन्द्रेणी संवाददाता
दाङ, ६ जेठ । राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य चयन भएका छन् । जेठ ४ र ५ गते सम्पन्न चौथो जिल्ला अधिवेशनबाट आचार्य अध्यक्षमा चयन भएका हुन् ।

33032879_10211554279924455_3402627349936603136_nउपाध्यक्षमा महेश रिजाल, सचिवमा वसन्तराज पौडेल, सहसचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा श्यामलाल पोख्रेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शुक्रराज भण्डारी, पदमप्रसाद गोराथोकी, चन्द्रबहादुर नेपाली, तुलबहादुर योगी, दिनमणि आचार्य, खडानन्द खनाल, कृष्णा राना, नवराज शर्मा, हुमा मास्के, देवबहादुर विक, सुशील पोख्रेल, ठाकुरप्रसाद भण्डारी, केशवराज खनाल, ठाकुरप्रसाद आचार्य, कुलचन्द्र पोख्रेल, कपिलदेव खनाल, शारदा चौधरी, लिलाबहादुर पुन, हुकमान खनाल, टुकमान कवर, रामफकिरे रैदास, तिलकराम घर्ती रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा ङनुकान्त आचार्य, नरबहादुर केसी, दोर्ण घर्ती, रमेशमान गुरुङ, दिलिपराज खनाल, गुणमणि शर्मा र ढुण्डीराज खनाललाई चयन गरेको छ । मार्चाले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबाट भएका निर्णयहरु समेत सार्वजनिक गरेको छ ।