रुकुम, ३ जेठ । पूर्व रुकुमको पुथाउत्तरगंगा गाउँपालिकामा एक सातादेखि हराइरहेका तीन बालबालिका सकुशल फेला परेका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १ का ६ वर्षिया सुहान पुन र ७ वर्षिय डायमण्ड पुन विहीबार बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् । गाउँलेहरु मिलेर खोजी गर्दा बालबालिका भेटिएको बताइएको छ ।
उनीहरुसंगै हराएका ६ वर्षीय काल्या पुन भने ३० गते नै भेटिएका थिए । गत बैशाख २९ गते घरमा कसैलाई पनि नसोधेर आफन्तलाई लिन भन्दै पिपलटुङ तर्फ आएका उनीहरु गरघाटबाट हराएका थिए ।











