काठमाडौं, ३ जेठ। नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो एकता नेकपा एमाले र माओवादीबिच आज सम्पन्न हुँदैछ । आज ३ बजे निर्बाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामक नयाँ कम्युनिष्ट पार्टी दर्ता हुनेछ । बेलुकी ५ बजे मात्रै पत्रकार सम्मेलन गरी एकताको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

OLi-Dahal-story-850पार्टी एकताका लागि दुबै पार्टीका नेताहरु एकतालाई अनुमोदन गर्न तयारीका कामहरु घनिभुत रुपमा लागिपरेका छन् । संगठन, कार्यदिशा, चुनाव चिन्ह र जनयुद्धका विषयमा रहेको विवाद दुई अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बिच सहमति भएपछि एकताको तयारी थालिएको हो ।

४४१ सदस्यीय एकीकृत पार्टीमा एमालेका २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय सदस्य रहनेछन् । ४३ जनाको स्थायी समितिमा २५ एमाले र १८ माओवादीका रहनेछन् । जनयुद्ध र जनयुद्धको भुमिकालाई विधान तथा प्रतिवेदनमा उल्लेख गरिनेछ भने चुनाव चिन्ह सुर्य रहने सहमति भएको छ ।