केशरमान बुढाथोकी

दाङ , १५ बैशाख । गत पुस ६ गते बिहिबारको मन्त्रिपरिषदको बैठकले दाङमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान संचालन गर्ने निर्णय गरे संगै खुसियाली मनाएका दंगाली जनतालाई प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीको पछिल्लो क्रियाकलापले निराश बनाएको छ ।

दाङमा उच्च स्तरको सरकारी मेडिकल कलेज संचालन गरेर यस क्षेत्रका जनतालाई सेवा दिने उद्देश्य सरकारको भएपनि काम गर्ने निकाएले सहि तरिकाले कार्यन्वयन नगर्दा अस्पताल डामाडोल भएको हो ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठान संचालन गर्ने सरकारको निर्णय पश्चात देउवा नेतृत्वको सरकारले प्रतिष्ठानको उपकुलपतिमा डाक्टर संगीता भण्डारी लाई नियुक्त गरेपछि डाक्टर भण्डारीले प्रतिष्ठान लाई स्थापित गर्ने भन्दापनि अरु अनावश्यक कुरामा चासो दिँदा अस्त्पतालाको भविष्य अन्योलमा परेको हो ।

महेन्द्र अस्पताल नाम ले २०१६ सालमा स्थापना भएको यस अस्पताल राप्ती उपक्षेत्रीय अस्पतालका रुपमा स्तरोन्नती हुँदै हाल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नाम प्राप्त गरेपनि रुप धारण गर्न सकेको छैन ।

सरकारले स्थापना गर्ने निर्णय गरेको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको घोषणा गरेपछि उपकुलपति नियुक्त गरे लगतै यस अस्पतालमा सृजना भएको विवादका कारण अस्पतालको भविष्य धरापमा परेको छ ।

31466906_1791645207565477_8206125108859764736_n

उपकुलपतिले अस्पताल हडप्न खोजेपछि चुलियो विवाद
उपकुलपति नियुक्त भए लगतै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाण्डौमा खोलेर काठमाण्डौ मै बस्ने गरेकी उपकुलपति डाक्टर भण्डारी स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय दाङ लाई लेखेको पत्र बोकेर दाङ आइन जसमा लेखिएको थियो स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नियमित कामकाज संचालन गर्नका लागि २ वटा कोठा उपलब्ध गराइदिनु ।

तर डक्टर भण्डारी लाई अस्पतालको हाता भित्रै प्रतिष्ठानको ब्यानर झुण्ड्याउनुपर्ने भयो र मागिन अस्पताल भित्रै कोठा । अनि चुलियो विवाद अस्पताल र प्रतिष्ठान बीच विवाद बढेपछि एकातर्फ प्रतिष्ठानका कामकाज अगाडी बढ्न सकेका छैनन भने अर्कोतर्फ अस्पतालले स्तरिय सेवा दिनका लागि थप्दै गरेको भौतिक संरचनाको काम समेत अगाडि बढाउन सकेको छैन । त्यसैले अस्पतालका अत्यावशकीय सेवा समेत प्रभावित भएका छन ।

31445024_1791650787564919_899126041635717120_n

दाङ संग कुनै साइनो नभएका बसे सिनेटमा
यसैगरी प्रतिष्ठान संचालन गर्न उपकुलपति डाक्टर भण्डारीले एक सिनेट तयार गरेकी छिन तर सिनेटमा बसेका एकजना बाहेक अन्य कुनैको दाङ संग कुनै साइनो जोडिएको छैन । तर उपकुलपति भण्डारीले मनपरी तरिकाले सिनेट तयार गरेर अस्पताल हडप्न खोज्दा पनि दाङका राजनीतिक दल मौन छन् भने नागरिक समाजले डाक्टर भण्डारीकै समर्थन गरेको बताउछन  अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थी ।

सिनेटमा बाँके कि भवानी राणा, बाँकेकै डाक्टर सुरेश कुमार कनौडिया , रुपन्देहीका प्रा. डा. सालमा केसी राई, सिफारिसमा परेका छन् भने चन्दा दाता भनेर काठमण्डौका विसु प्रशाद सुवेधी र नवराज ढकाल परेका छन् । यिनीहरु कसैको पनि अस्पताल र दाङ संग कुनै साइनो छैन भने दाङ बाट देव नारायण चौधरी मात्र सिनेटमा परेका छन् ।

31453708_1792125660850765_8747607432756199424_n

गर्नुपर्ने काम एकातिर विवाद अर्कोतिर

प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले पद सम्हाले पछि प्रतिष्ठान लाई सुरुवात गर्न जग्गा व्यावस्थापन गरि भौतिक संरचना निर्माण तर्फ लाग्नुको साटो अस्पतालमै आँखा गडेपछि सबैतिर लथालिङ्ग भएको छ ।

प्रक्रियागत ढंगले अस्पतालको जग्गा व्यवस्थापन गरि भौतिक संरचना तयार पारेर मेडिकल कलेज स्थापना गरि बल्ल प्राक्टिकल कक्षाका लागि आवश्यक पर्ने अस्पताल आफु उपकुलपति भएदेखि नै आफ्नो मातहतमा आइसकेकाले अस्पतालले अस्पताल आफुलाई हस्तान्तरण गर्नुपर्ने भण्डारीको दावी छ भने अस्पतालले भने मन्त्रालयले आवश्यक निर्देशन नदिएका कारण तत्कालै अस्पताल हस्तान्तरण गर्न नसकिने बताउदै आएको छ ।

अर्कोतर्फ उपकुलपति संगिता भण्डारी भने राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान ऐन नै जारी भईसकेको अवस्थामा राप्ती उपक्षेत्रिय अस्पताल स्वतः प्रतिष्ठान मातहतमा आईसकेकाले तत्काल हस्तान्तरण गर्नुपर्ने दाबि गर्दै आएकी छन् ।

31435301_1791651100898221_3859414357569961984_n

थन्किए आइसीयु र एनआईसीयु मेसिन
महेन्द्र अस्पतालबाट उपक्षेत्रीय अस्पताल भएको लामो समय बितिसकेपनि आईसीयु-एनआईसीयुको सुविधा नहुँदा अस्पतालले साना तिना समस्याका बिरामी पनि रिफर गर्ने गरेको छ ।

यहाँ दक्ष चिकित्सक भएतापनि इमरजेन्सी अवस्थामा रहेको बिरामीलाई अत्यावशकिय स्वास्थय सेवाको अभावमा रिफर गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर आईसीयु र एनआईसीयुका लागि आवश्यक भेन्टिलेटर मेसीन अस्पतालमा ल्याईए पनि कर्मचारीको अभावमा ती मेसिन हरु जडान गर्न नसक्दा औजार काम नलाग्ने अबस्थामा पुगेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले एनआईसीयु सञ्चालनका भेन्टीलेटेर मेशिन अस्पतालमा आएतापनि कर्मचारी भर्ना प्रक्रिया रोकिएका कारण सञ्चालमा ल्याउन नसकिएको जानकारी दिए । डाक्टर पन्थीका अनुसार २ वर्ष अघि नै भेन्टिलेटर मेशिन अस्पतालमा आइसकेपानी अझैं जडान हुन सकेका छैनन् । विगतमा भवनको अभाव थियो । अहिले भवन निर्माण गरेर एनआईसीयु सञ्चालनमा ल्याउने प्रक्रियामा थियौ ।

तर यो विवादका कारण एनआईसीयु सञ्चालनका लागि तय गरिएको चिकित्सक भर्ना प्रक्रिया रोकियो । ’ उनले भने । प्रतिष्ठानले अस्पताल आफु मातहतमा आईसकेको दाबि गरेपछि विवाद नगरी कर्मचारी भर्ना राक्नुपरेको पन्थीले बताए । हाल भेन्टीलेटर मेसिन स्टोरमा थन्कयाईएको छ ।