तुलसीपुर,९ वैशाख । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजका विद्यार्थीहरुलाई कानुनी विषयमा जानकारी दिइएको छ । कानुनका विषयमा आम विद्यार्थीहरुले जानकारी पाउन भन्नका लागि उच्च अदालत तुलसीपुरले आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले कानुनको परिपालनामा हरेक नागरिकले सजगता अपनाउनुपर्ने कुरामा जोड दिएका थिए । कानुन भन्दा माथि कोही पनि नहुने भएकाले कसैले पनि कानुनको उपेक्षा गर्न नहुने उनीहरुको तर्क थियो ।
सर्वोच्च अदालतका न्यायधिस वमकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै श्रेष्ठले नागरिक र अदालतका विचमा रहेको दुरी अन्त्य गर्नुपर्ने वताए । उनले नागरिहरुले कानुनी प्रक्रिया र मौलिक हकका वारेमा जानकारी पाउन नसक्दा सास्ती पाउनु परेको समेत वताए । “अदालतका काम कारवाही सधै जनताका पक्षमा हुन्छ, अदालतले समाजमा रहेका अपराधिहरुलाई कारवाही गरेर शान्ती स्थापना गर्ने हो ” श्रेष्ठले भने ।
कार्यक्रममा संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकार, अदालती प्रक्रिया, कानुनमा भएका विभिन्न व्यवस्था र अदालतको सेवा प्रवाहका वारेमा न्यायधिस महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, सुदर्शनदेव भट्ट, रामवहादुर थापा,वैतानिक कानुन व्यवसायी सुनिल धिताल उच्च अदालत वार इकाइ तुलसीपुरका प्रतिनिधि अधिवक्ता मोहन धिताल लगायतले जानकारी दिएका थिएका थिए । कार्यक्रममा ज्ञानदीप कलेजका सहायक कलेज प्रमुख मनोज कुमार केसीले स्वागत गर्नुभएको थियो । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नहकुल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त रजिष्टार दिलप्रसाद सापकोटाले गरेका थिए ।











