इन्द्रेणी संवाददाता
दाङ, ८ बैशाख । दाङ जिल्लाका विभिन्न अटो व्यवसायमा काम गर्ने मजदुरहरुले आफूहरुलाई सुरक्षित कार्यस्थल र समानजनक व्यवहारको खाँचो रहेको बताएका छन् ।

natoeeeeनेपाल अटो मेकानिक्स ट्रेड युनियन जिल्ला कार्यसमिति दाङको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन पत्रमा बोल्ने वक्ताहरुले अटो मजदुरहरुले आफ्नो ज्यानलाई जोखिममा राखेर काम गर्दै आए पनि सम्मानजनक व्यवहार पाउन नसकेको र काम गर्नका लागि सुरक्षित कार्यस्थलको समेत व्यवस्था नभएको बताए । उनीहरुले साँघुरो ठाउँमा जटिल औजारसँग खेल्नुपर्ने वाध्यता भएको र यति गर्दा पनि मालिक होस् या सेवाग्राहीबाट होस् अपहेलनका खेप्नुपर्ने वाध्यता भएको गुनासो गरे ।

कार्यक्रममा ट्रेड युनियनका जिल्ला उपाध्यक्ष गोरख चौधरीले विषयवस्तुमा जानकारी दिदै घोराही क्षेत्रमा ठूला गाडीहरु निर्माणका लागि अटो भिलेजको निर्माण गरिएको भए पनि मोटरसाइकल, अटोरिक्सालगायतका साना सवारी साधनका लागि अटो भिलेजको व्यवस्था नभएको बताए ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीले अधिवेशनको उद्घाटन गर्दै आफ्नो अधिकारका लागि अझ वढी एकतावद्ध हुन मजदुरहरुलाई आग्रह गरे । उनले सरकारले आफ्ना आवश्यकता र मागहरुप्रति समेत व्यवास्था गरेको बताए ।

विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाकी उपमेयर सीता न्यौपानेले यस क्षेत्रमा रहेका अटो व्यवसायीहरुलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले पहिलेदेखि नै प्रयास गरिरहेको र आगामी दिनहरुमा पनि पहललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।

afafafयुनियनका अध्यक्ष जमाल खानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय सचिव रत्नलाल न्यौपाने, जिफन्टका पूर्णबहादुर केसी, पेशागत महासंघ दाङका अध्यक्ष शेरबहादुर केसी, केशवराज गिरी, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, प्रेस सेन्टरका अध्यक्ष प्रकाश चौधरी, शिक्षक संगठन दाङका अध्यक्ष दामोदर वस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव सरोज योगीले गरेका थिए ।