देवि किन भन्छौ कुन्नी खुसीको पो भान हुन्छ
अपार तिम्रो प्रेमले यो मनको सान हुन्छ ।।
इशारा नै काफी छ दुरि जत्ती भए पनि
बोल्नैपर्छ भन्ने छैन भित्ताको नि कान हुन्छ ।।
समिपमा रहनु मात्र माया कहाँ हो र ?
जहाँ बिश्वास हुन्छ त्यहाँ प्रेमको सम्मान हुन्छ ।।
लोलाएका नयन बिच सपनिको भेट ले
बृहत खुशी भइ मन भित्रै तानातान हुन्छ ।।
कल्पना मै रमाउँछु, तिम्रै यादमा हराउँछु
हरेक रातको छट्पटीमा तिम्रै हातको सिरान हुन्छ ।।
बोनस:
सपनीको त्यो मिठो पल, वर्णन गरौँ म कसरी
पंख फिंजाइ प्रेम नगरमा तिम्रो मेरो उडान हुन्छ ।











