काठमाडौं, २९ चैत । खानेपानी मन्त्री बीना मगरले दशैं अगाडि काठमाडौं बासीको घरमा मेलम्चीको पानी पुग्ने बताएकी छन् । उनले यो आफ्नो लक्ष्य रहेको भन्दै माताहातका निकायलाई सोही अनुरुप काम गर्न निर्देशन समेत दिएकी छन् ।

bina-magaराष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम ब्रेक थ्रू विशेष समारोहमा बिहीबार बोल्दै मन्त्री मगरले निर्धारित समयमा राजधानीमा पानी पुर्याउने काममा दिलाई भए त्यो आफूलार्इ सह्य नहुने उनले बताइन ।

‘हामी सगरमाथा चढ्ने क्लाइमर हौं, र हामीले हिलारी स्टेप क्रस गरी सक्यौँ,’ उनले भनिन्, ‘हिलारी स्टेप क्रस गरेपछि त्यो क्लाइमरले अब सगरमाथा चढ्न सक्छ । र सगरमाथाको चुच्चो चुम्न सक्छ ।’