तुलसीपुर २९ चैत । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षाफल सार्बजनीक गरेको छ । बुधबार लेटर ग्रडिङ प्रणालीमा परिक्षाफल प्रकाशित गरेको तुलसीपुर उपमहानगर शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले बताए । तुलसीपुरका ८३ वटा बिद्यालयका चार हजार दुई सय ५८ जनाले परिक्षा दिएका थिए । ती मध्य तीन हजार पाँच जना बिद्यार्थी कक्षा ९ मा पढ्न योग्य भएका छन् । भने दुई सय ५३ बिद्यार्थीले डि प्लस भन्दा कम अंक ल्याएकाले कक्षा ९ मा अध्ययन गर्न अयोग्य भएको शाखा प्रमख गौतमले बताए । डि प्लस भन्दा कम ल्याउने सबै बिद्यार्थी सामुदायिक बिद्यालयका हुन् । तुलसीपुर उपमहानगरभित्रका ३० वटा सामुदायिक बिद्यालयका दुई हजार एक सय ४१ जनाले जाँच दिएका थिए ।
त्यस्तै ५३ वटा संस्थागत बिद्यालयका दुई हजार एकसय १७ जना मध्य सबै उत्तिर्ण हुन सफल भएको स्रोत ब्यक्ति मुकुन्द रिजालले बताए । तुलसीपुरका चार हजार तीन सय ५९ बिद्यार्थी भर्ना भएपनि एक सय एक जना बिद्यार्थी अनुपस्थित भएका थिए । साथै स्थानीय तहमा लेटर ग्रडिङ प्रणाली नया अभ्यास भएको तुलसीपुर उपमहानगर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले बताए । ‘मुलुक नयाँ संरचनामा गएसंगै कक्षा ८ को परिक्षा पनि स्थानीय तहले लियो’ उनले भने ‘ ग्रडिङ प्रणालीबाट परिक्षाफल सार्बजनीक गर्नुपनि नयाँ अभ्यास हो ।’
कक्षा ८ को परिक्षामा दुईवटा बिषयसम्ममा डि प्लस भन्दा कम ग्रेट पाएका बिद्यार्थीहरुले ग्रेट बृद्धिको परीक्षा दिन पाउने गौतमले बताए । लेटर ग्रेडिङ प्रणालीले बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्न मद्दत पुग्ने उनले बताए ।











