काठमाडौं २८ चैत्र । नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले खनाल द्वयलाई प्रमुखमा नियुक्त गरेको हो ।

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले एआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।