लमजुङ, २७ चैत । वैशाख १ गतेदेखि देशभर एकैपटक नेपालमा नै पहिलो पटक आर्थिक गणना सुरु हुदै छ । निति तथा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यका साथ जापान सरकारको प्राबिधिक सहयोगमा केन्द्रिय तथ्याङले आर्थिक गण्ना गर्न लागेको हो ।

sachetanaजिल्ला जिल्लामा गणना कार्यालयहरुको स्थापना गरी गणनाको कार्यक्रमलाई तिब्रता दिएको छ । आर्थिक गण्नामा विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान व्यवसायहरुको गणना गरिन्छ । यस्तै स्वास्थ्य, हुलाक र शिक्षा क्षेत्रका सरकारी निकायको समेत गणना गरिने जनाएको छ ।

यस गणनाले नेपालमा क्रियाशील सबै आर्थिक एकाइहरुको ठेगना,दर्ता तथा स्वामित्व स्थिति, पूँजी लगानी, ऋणमा पहुच जस्ता विवरणहरु संकलन गर्नेछ । नेपालकै तथ्याङ्कीय इतिहासमा प्रथम पटक यस गणनामा कागजी प्रश्वाली फारम साथै अनलाईन सर्वेक्षण मार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफै भर्न सक्नेछन् ।

यसैबिच आर्थिक गणना कार्यालय लमजुङले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सचेतना गोष्टी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले देको निति निर्माणमा यो गण्नाले सहयोग पु¥याउने बताए ।