ef/tsf] /fhsLo e|d0fdf /xg'ePsf k|wfdGqL s]kL zdf{ cf]nLnfO{ gofF lbNnLl:yt /fi6«klt ejgdf :jfut ub}{ ef/tsf k|wfgdGqL g/]Gb| df]bL . t:aL/ M lbNnLl:yt g]kfnL /fhb"tfaf; .

नयाँदिल्ली, २५ चैत । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् ।

ef/tsf] /fhsLo e|d0fdf /xg'ePsf k|wfdGqL s]kL zdf{ cf]nLnfO{ gofF lbNnLl:yt /fi6«klt ejgdf :jfut ub}{ ef/tsf k|wfgdGqL g/]Gb| df]bL . t:aL/ M lbNnLl:yt g]kfnL /fhb"tfaf; .
शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी ९आइसिपी० पनि सञ्चालनमा ल्याइएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीमै शिलान्यास गरेका छन् ।

ओली–मोदी दुई चरणमा वार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदराबाद हाउसमा दुई चरणमा वार्ता भएको छ । रेस्टिक्टेड र औपचारिक वार्तामा आर्थिक विकासका मुद्दामा एक घन्टा खुला छलफल भयो ।

विभिन्न समयदेखि सम्झौता भएका, तर कार्यान्वयनमा नआएका पञ्चेश्वरदेखि नयाँ हवाई रुट, पूर्वाधार विकासका परियोजना समयबद्ध कार्यान्वयनमा भारतले सहमति जनाएको छ । वार्तामा मोदीले भने, ‘म नेपालको विकासमा गम्भीर छु, नेपालको विकासको विश्वसनीय साझेदार बन्न भारत चाहन्छ ।’

औपचारिक वार्ताको सुरुमा प्रधानमन्त्री ओलीले भने, ‘हामीले राजनीतिक रूपान्तरण सम्पन्न गरेका छौँ, अब आर्थिक विकासमा प्रवेश गरेका छौँ । आर्थिक विकास र समृद्धि चाहन्छौँ, यसका लागि हामी सहयोग चाहन्छौँ ।’

प्रधानमन्त्री ओलीले सहमति वा साझेदारीभन्दा विश्वास मजबुत पार्ने विषय महत्वपूर्ण भएको भन्दै त्यसका लागि आफू भारत आएको स्पष्ट पारे । ‘हामी तनावरहित मुडमा थियौँ, जे–जे गर्ने हो ठोस रूपमा गरौँ र समयबद्ध रूपमा गरौँ भन्ने कुरा राख्यौँ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार साँझ नयाँ पत्रिकासँग भने, ‘यसपटक उही कुरा नराखौँ भनेर संयुक्त वक्तव्य पनि छोटो बनायौँ ।’ भारतले रेस्पोन्सको तत्परता देखाएको ज्ञवालीको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक परिस्थितिबारे धेरै चर्चा गरेनन् । तीनै तहको निर्वाचन सम्पन्न भएकोमा बधाई दिए र ओली नेतृत्वको सरकारसँग मिलेर काम गर्ने वचनबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले त्यसका लागि धन्यवाद दिए ।

द्विपक्षीय छलफलमा ओलीका एजेन्डा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले भारत नेपालको प्रतिस्पर्धी नभएको उल्लेख गर्दै भारतसँग बढ्दो व्यापारघाटाले अर्थतन्त्रमाथि ठूलो जोखिम थपेको बताएका थिए । ‘हाम्रो व्यापार घाटा अलार्मिङ स्टेजमा छ ।

नेपालजस्तो सानो देशको अर्थतन्त्रले यो धेरै धान्न सक्दैन । हामी तपाईंहरूको प्रतिस्पर्धी होइनौँ । तपाईंहरू फराकिलो हुनुपर्छ । सन् १९९६ मा भएको व्यापार सन्धि नेपालका लागि अनुकूल थियो, पछि थपिएका प्रावधानले नेपाललाई बाधा गरेका छन्,’ ओलीको भनाइ थियो ।

प्रधानमन्त्रीले सीमापार व्यापारमा क्वारेन्टाइन, ननट्यारिफ र ट्यारिफ ब्यारिअर हट्नुपर्ने उल्लेख गर्दै दक्षिण एसियाली व्यापार सम्झौता ९साफ्टा०को बुँदा पनि कार्यान्वयन नहुँदा नेपाललाई अप्ठ्यारो भएको बैठकमा राखे ।

प्रधानमन्त्रीले जुटको विषयमा थपे, ‘नेपाली जुट भारतीय बजारमा आउने कुरा सानो हो, तर हाम्रा लागि ठूलो विषय हो । नेपाली ग्यास बुलेटले भारतमा प्रवेश नपाउँदा व्यवसायी मर्कामा परेका छन् ।’ ज्ञवालीका अनुसार साना–साना विषयमा भएको अवरोधले नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा अप्ठ्यारो पर्ने धारणा प्रधानमन्त्री ओलीले राखेका थिए ।

यसरी सहमति भयो काठमाडौं–रक्सौल रेल

भारतले केही अप्रत्याशित परियोजनाको प्रस्ताव गर्ने जानकारी पाएपछि नेपाली अधिकारीले यसबारे भारतीय अधिकारीसँग चासो राखेका थिए । प्रधानमन्त्री ओलीको मुड बुझेर भारतीयले काठमाडौं–रक्सौल रेलवे परियोजना निर्माणको प्रस्ताव गरेका थिए ।

नेपालले सहमति जनाएको छ । भारतले एक वर्षमा सर्भे सम्पन्न गर्ने र लगत्तै कार्यान्वयनमा जाने वचन दिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार पाँच वर्षमा यो निर्माण गर्ने सहमति भएको छ । यसको लगानी र अन्य मोडालिटीबारे भविष्यमा छलफल गर्ने पनि सहमति भएको छ ।

बिमस्टेक र बिबिआइएनमा तयार, सार्कमा अनिच्छुक

भारतले सार्क शिखर सम्मेलन विद्यमान परिस्थितिमा गर्न नसकिने स्पष्ट जवाफ दिएको छ । प्रधानमन्त्री ओलीले सार्कलाई क्षेत्रीय हितमा बदल्न सकिने भन्दै सक्रिय बनाउनुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा मोदीले भने, ‘क्षेत्रीय संगठन बलियो बनाउनुपर्छ भन्नेमा हामी पनि दृढ छौँ ।

म काठमाडौंमा सार्क सम्मेलनबाट दिल्ली फर्किंदा उत्साही थिएँ, तर पछि भएका सीमापार आतंकवादका घटनापछि निकै गम्भीर भएको छु । आतंकवाद ठूलो चुनौती हो । परिस्थिति यही रह्यो भने गाह्रो हुन्छ ।’

नेपालले आगामी असोजमा बिमस्टेकको सम्मेलन गर्ने प्रस्ताव गरेकोमा मोदीले सहमति जनाएका छन् । ज्ञवालीका अनुसार बंगलादेश, भुटान, भारत, नेपाल ९बिबिआइएन०अन्तर्गत उपक्षेत्रीय साझेदारीका मुद्दामा काम गर्न नेपाल र भारत तयार भएका छन् ।

‘२०१८ मा मोदीको नेपाल भ्रमण हुन्छ’

प्रधानमन्त्री ओलीले यथाशीघ्र नेपाल भ्रमण गर्न मोदीलाई आग्रह गरेका थिए । मोदीकै उपस्थितिमा अरुण तेस्रो परियोजनाको शिलान्यास गर्ने चाहना नेपालको थियो । मोदीले सन् २०१८ मै आफू नेपाल आउने जवाफ दिएका छन् ।

मोदी आगामी असोजमा बिमस्टेकको सम्मेलनमा सहभागी हुने करिब–करिब तय भएको छ । तर, त्यसअघि एकपटक प्रधानमन्त्री मोदीले अरुण तेस्रो शिलान्यास, जनकपुर, लुम्बिनी र मुक्तिनाथको तीर्थयात्राका लागि नेपाल भ्रमण गर्ने सम्भावना छ ।

भारतीय विदेशसचिव विजय केशव गोखलेले शनिबार आयोजित पत्रकारसम्मेलनमा भने, ‘प्रधानमन्त्री मोदी सन् २०१८ भित्रै नेपाल भ्रमणमा जानुहुन्छ ।’ नयाँ पत्रिकाबाट