इन्द्रेणी संवाददाता
रुपन्देही, २२ चैत । युवा संघका कार्यकर्ता बसन्त पौडेललाई गोली हानेर हत्या गर्ने मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही प्रहरीले हत्यामा संलग्न मुख्य सुटर पोखरा रामबजारका सुभास गुरुङलाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न पदम चौधरी र महेन्द्रनारायण चौधरी यसअघि नै पक्राउ परिसकेका छन् । गएको पुस २१ गते रुपन्देहीको देवदह नगरपालिका ढेकारमा रहेको आफ्नो फर्निचर उद्योगमा बसिरहेको बेला पौडेलको गोली हानी हत्या गरिएको थियो ।











