धनुषा, २१ चैत । जनकपुर मटिहानी सडकखण्डको मटिहानी नगरपालिका ४ मा एक महिलाको हत्या भएको छ । हत्या गरेर सडक पेटिमा जुटको बोरामा हालेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो ।
शव मटिहानी नगरपालिका २ बस्ने ३० वर्षकी पुनमदेवी दासको रहेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिएका छन् । शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेकाले हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ समेत गरेको छ । उनीहरुको नाम खुलाएको छैन । परिवारले मंगलबार दिउँसो ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा जानकारी गराएका थिए ।











