दाङ २० चैत । जिल्ला समन्वय समितिले घोराही उपमहानगरपालिका २ को भट्टेटार र अघरे जोडने कल्भर्ट र सहरखोलादेखि कालीमाट चोकसम्मको सडकको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका सदस्य तिला बुढा र लोकी विश्वकर्माको नेतृत्वमा गएको टोलीले कल्भर्ट र सडकको अनुगमन गरेको हो ।
अनुगमनमा वडा अध्यक्ष केशवकुमार आचार्य र उपभोक्ता समितिसँग छलफल समेत गरेको थियो । १० लाख ५२ हजारको लगानीमा निर्माण भएको कल्भर्टले भट्टेटार र अघरे गाउँलाई जोडने गरेको छ । कल्भर्ट निर्माणसँगै ३ हजार जनसख्यालाई प्रत्यक्ष फाईदा भएको स्थानीयले वताएका छ ।
त्यसै गरेर सडक निर्माणको लागि ३ लाख १५ हजार ८ सय ९० रुपैयाँ लगानी भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्दबहादुर भण्डारीले वताए । अनुगमन टोलीले कल्भर्टको शुरक्षाको लागि ग्याविङ वाल लगाउन र सडकको लागि ग्रावेल र सोताहरुमा हेमपाइप राख्न सुझाव दिएको जिल्ला समन्वय समितिका नासु डा गोविन्द आचार्यले वताए ।











