दाङ १३ असार । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सम्बन्धि दाङको अस्वारामा सञ्चालन भएको दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तालिमको एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा तालिमका प्रशिक्षक एवम रक्षाचौर स्रोत केन्द्रका स्रोत व्यक्ति विश्वराज आर्चाय, मा.वि. तुलसीपुर सेन्टरका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लेखतराम पौडेल, प्रा वि गैरापातुका प्रध्यानध्यापक शुशीला खनाल लगायतले मन्तव्य राखेका थिए ।
रक्षाचौर स्रोत केन्द्र अन्तरगत रहेको गूरु जजूर उच्च माध्यामिक विद्यालय को आयोजनामा भएको कार्यक्रममा दाङका २० वटा विद्यालयका चालीस जना प्रध्यानध्यापक तथा विद्यालयका व्यवस्थापन समितीका अध्यक्षहरुको सहभागीता रहेको थियो ।
तालिममा प्रारम्भीक कक्षाका बिद्यार्थीहरुलाई कसरी पढाउने लागायतका बिषयमा सिकाईएको थियो । कार्यक्रको सहजीकरण ज्ञान ज्योती प्रा।वि।का शिक्षक मेघराज घिमिरेले गरेका थिए ।।
