तुलसीपुर १८ चैत । दाङमा आत्महत्या गर्नेहरुमा पुरुषको संख्या धेरै रहेको छ । जिल्ला प्रहरी कार्यालय दाङको चार बर्षको तथ्याङ्क अनुसार महिला भन्दा आत्महत्या गर्ने पुरुषको संख्या बढि छ । आर्थिक बर्ष २०७१÷ ०७२ देखि चालुआर्थिक बर्ष २०७४/०७५ को हाल सम्म ४९.५२ प्रतिसत पुरुषले आत्महत्या गरेका छन्, भने ४६.९३ प्रतिसत महिलाले आत्महत्या गरेका छन् ।

पुरुषहरुमा कामको जिम्मेवारी बढि हुँने हुँदा यस्तो भएको बिज्ञहरुले बताएका छन् । जिम्मेवारी बढि हुँदा महिला भन्दा बढी मानसिक तनाब पनि बढ्ने भएकाले आत्महत्या गर्ने पुरुषको संख्या बढि रहेको डा. मुरली मनोहर रौणीयारले बताए ।‘ महिला भन्दा पुरुषमा कामको जिम्मेवारी बढि हुन्छ’ उनले भने‘ जसले पुरुषहरुले आत्महत्या गर्ने गरेका छन् । आर्थिक बर्ष २०७१/०७२ देखि चालुआर्थिक बर्षको अहिले सम्म तीन सय सात जना पुरुषले आत्म हत्या गरेका छन् । त्यस्तै दुई सय ९१ महिला, १४ जना बालक र ८ जना बालिकाले आत्महत्या गरेको तथ्याङ्क छ ।

दाङमा चार बर्षमा ६ सय बढी आत्महत्या

आर्थिक बर्ष २०७१/०७२ देखि चालुआर्थिक बर्षको अहिले सम्म ६ सय बढीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चार बर्षमा ६ सय २० जनाले आत्म हत्या गरेका छन् । जस मध्य सबैभन्दा बढी आर्थिक बर्ष २०७३/०७४ मा आत्महत्या गरेका छन् । आर्थिक बर्ष २०७३/०७४ मा ९१ पुरुष, ९५ महिलाले आत्म हत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७२/०७३ मा ६७ पुरुष, ७२ महिला, ४ बालक र ३ बालिकाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७१/०७२ मा ७४ पुरुष, ८२ महिला , १० बालक र ५ बालिकाले आत्महत्या गरेको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार झुण्डिएर आत्महत्या गर्ने धेरै छन् । चार बर्षमा एक सय ९० पुरुष, एक सय ८९ महिला, ८ बालक र ४ बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् ।

त्यस्तै बिष सेवन गरेर एक सय १२ पुरुष, एक सय २ महिला, ६ बालक र ४ बालिकाले आत्महत्या गरेका छन् । त्यस्तै आगोलगाएर तीन पुरुष,हाम फालेर एक पुरुष, गोली हानेर एक पुरुषले आत्महत्या गरेका छन् ।

सकारात्मक सोँचौं , सुन्दर जीवन बिताऔ

यो संसारमा पाईला टेक्न पाउनु नै हामी आफैलाई भाग्यमानी ठान्नु पर्छ । भनिन्छ, संघर्ष नगरी सुख पाईदैन् । हामी सबै सुखी जीवन यापनका लागि संघर्षरत छौं । त्यसैले साना तिना उत्तापचढापलाई आत्महत्यामा परिणत गर्नुठुलो भूल हुनेछ । सुन्दर संसारलाई निराशामा परिणत गरी आत्महत्याको बाटो रोज्नु त्यो जस्तो कायरता केही होईन् । हामी आफु त आत्महत्या गरेर संसारबाट बिदा होऔंला तर हाम्रा बुढा आमावुवा, छोराछोरी, भाईबहिनीको भबिष्यमा किन खेलवाड गर्ने, त्यसैले हाम्रो सबैको सुन्दर भबिष्यको लागि हाम्रो काधमा आएको जीवनलाई सुखी, सरल, सहज बनाउनु पर्छ । मानौं एक मिनेटको समय खर्चेर हामीले आत्महत्या गरौंला । तर हामी सोँच्दैनौं, त्यसले हाम्रा आमा,बुवा, दाजुभाई, छोराछोरी, आफन्तहरुलाई जीन्दगीभर रुवाउँछ्, भन्ने कुरा ।

हामी सौँच्दैनौं, हामीलाई जन्म दिने आमावुवाले बुढेशकालमा हाम्रै शाहाराको आशा गर्नुभएको हुन्छ । हामीलाई जन्मे देखी अहिले सम्म पालन पोषण गर्नुहुने आमावुवाले भबिष्यमा ठुलो मान्छे बनाउने सपना संगाल्नुभएको हुन्छ । हामीले आमावुवाको यस्तो महान सपनामाथि लात हानेर आत्महत्याको बाटो रोज्नु जस्तो भूल केही हुनेछैन् । हामीले जन्मदिने आमावुवाको टाउकोमा जिन्दगिभर दुःख थुपारेर छोडेर जानु जस्तो कायरतापन कुनै हुने छैन् । जीवनमा हरेक उत्तापचढाप आउँछन्, त्यसलाई सरल बनाउनु हाम्रो जिम्मेवारी रहनेछ । बिश्वका चर्चित ब्यक्तिहरु त्यसै चर्चित बनेका होईन् । उनीहरुले जीवनमा ठुलो दुःख, कष्ट, त्याग गरेका छन्, र त अहिले चर्चित बनेका छन् । हाम्रा जीवनमा पनि धेरै दुःख, कष्ट आएपनि त्यसलाई पार गर्न सक्यौं भने हामी पनि बिश्वका चर्चित ब्यक्ति बन्न सक्ने कुरामा दुई मत छैन् । त्यसका लागि हामीले निरन्तर संघर्ष गरौं, हामीमाथि आईपर्ने चुनौती पार गरौं । सकारात्क सोचौ, हाम्रो जीवन स्वचालित रुपमा सकारात्मक दिशामा अगाडि बढ्ने छ । हामीले पाएको अमूल्य जीवनमा अमुल्य काम गरौं, संघर्ष गरे सफलता हाँसिल गर्न सकिन्छ । यसलाई कुनै नौलो मान्न सकिन्छ । त्यसैले निरन्तर संघर्ष गरौं, जीवनमा कहिल्यै हार ब्यहोर्नु पर्दैन् ।

बुधबार तुलसीपुरमा आयोजित कार्यक्रमको मुख्य सार हो, यो । आत्महत्या न्यूनिकरणका लागि सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको सचेतना अभियानमा बक्ताहरुले सकारात्मक सोँच राख्नु पर्ने भनाई राखेका थियो । मानिशमा सकारात्मक सोँचको बिकास गराउन सके आत्महत्या न्यूनिकरण गर्न सकिने बताएका थिए । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले २०७५ भदौ १ गते देखि अपराध संहीता लागु हुने भन्दै उक्त संहीता लागुभएपछि आत्महत्याका घट्नामा कमी आउने बताएका थिए ।